Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो


  • 1.8K
    Shares

    आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

    काठमाडौं / सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँ बढ्दा सोमवार बजार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साताको अन्तिम दिनका तुलनामा आइतवार सुन एक हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि बढेको छ। सोमवार कारोबार मूल्य तोलाको १३ सय ९० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको हो।१५ रुपैयाँ बढ्दा आइतवार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा सोमवार सुन प्रतिऔंस १८७५.९५ डलर छ भने चाँदी प्रतिऔंस २३.९७ डलरमा छ। आइतवार सुन प्रतिऔंस १८६६.१३ डलर र चाँदी २३.८४ डलरमा कारोबार भएको थियो।

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १३:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij