२०८२ माघ १२ गते सोमवार
ज्योति विकास बैंकले आफ्ना स्यरधनीहरुलाई लाभांश घोषणा गरेको छ।
पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा र वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम २९ करोड २ लाख ८९ हजार ४३४ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँको कुल ६.८ प्रतिशतले हुन आउने २९ करोड २ लाख ७ हजार २२४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ३ प्रतिशतले हुन आउने १२ करोड ८० लाख ३२ हजार ५९९ रुपैयाँबराबरको बोनस सेयर र ३.८ प्रतिशतले हुन आउने १६ करोड २१ लाख ७४ हजार ६२५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij