Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिक, कुन श्रेणीमा कति ?

बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिक, कुन श्रेणीमा कति ?


  • 2.8K
    Shares

    बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिक, कुन श्रेणीमा कति ?

    शिक्षा तथा मानव विकास केन्द्रले यस वर्ष बढुवा गर्नुपर्ने शिक्षकको सङ्ख्या शिक्षक सेवा आयोगलाई पठाएको छ । केन्द्रका अनुसार प्राथमिक तह प्रथम श्रेणीमा १३८ जना र द्वितीय श्रेणीमा ७५९ जनाको बढुवा गरिनेछ ।

    त्यस्तै निम्न माध्यमिक तह प्रथम श्रेणीमा २१ जना र द्वितीय श्रेणीमा १६७ जनाको बढुवा गर्न आयोगसमक्ष तथ्याङ्क पठाइएको छ ।

    केन्द्रका एक सहसचिवले दिएको जानकारीअनुसार माध्यमिक तह प्रथम श्रेणीमा ३७ जना र द्वितीय श्रेणीमा १६६ जनाको बढुवा गरिनेछ ।

    यसैबीच आयोगले कार्यतालिकाअनुसार माध्यमिक तहका लागि नयाँ शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । कार्यतालिका अनुसार पुस मसान्तसम्ममा विज्ञापन आह्वान गरिसक्नुपर्ने छ । 

    आयोगका एक पदाधिकारीले गत वर्ष माग गरिएको अन्य तहको नतिजा सार्वजनिक हुने क्रम जारी रहे पनि माध्यमिक तहको विज्ञापनलाई त्यसले कुनै असर नपर्ने बताए । 

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - ११:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij