२०८२ माघ १२ गते सोमवार
सेयरबजार २१ सय विन्दुमाथि पुगेको छ। बुधबार ६४।८७ अंकले बढेर २१२५।९४ विन्दुमा पुगेको हो। योसँगै आज साढे ३ अर्बको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
२५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको हो। आज ५७ हजार ३१२ पटक खरिदबिक्री भएको थियो। यसअनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको मात्रै घटेको छ।
नेप्सेका अनुसार आज ३० वटा कम्पनीका लगानीकर्ताले उच्च आम्दानी गरेका छन्।
ती कम्पनीको सेयर मूल्य १० प्रतिशत वा सोही हाराहारीमा बढेको हो। साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरीलगायतका कम्पनीका लगानीकर्ताले ठूलो आम्दानी गरेका हुन्।
आज गुमाउनेले १।९९ प्रतिशतसम्म मात्रै गुमाएका छन्। त्यस्तै बजारमा आज हिमालयन डिस्टिलरीको सर्वाधिक ११ करोडको कारोबार भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij