Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आईएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म पैसा फिर्ता

आईएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म पैसा फिर्ता


  • 1.8K
    Shares

    आईएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म पैसा फिर्ता

    आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ। 

    सम्झौताअनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। 

    सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए। 

    सम्झौतापश्चात् आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । 

    प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रुपैयाँको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। 

    प्रकाशित मिति :पौष २० २०७९ बुधवार - १४:११:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij