Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायाे अन्तिम स्विकृती

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायाे अन्तिम स्विकृती


  • 2.1K
    Shares

    प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायाे अन्तिम स्विकृती

    प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्विकृती प्रदान गरेकाे छ । राष्ट्र बैंककाे सञ्चालक समितिकाे बैठकले अन्तिम स्विकृती प्रदान गरेकाे हाे । 

    दुवै बैंकको यही पाैष १४ गते सम्पन्न भएकाे साधारण सभामा प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।

    प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् बैंकको नाम प्रभु बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ ।

    प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेकाे हाे ।

    प्रकाशित मिति :पौष १९ २०७९ मंगलवार - १२:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij