Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रदेश वा केन्द्रबाट नै तलब दिन शिक्षक–कर्मचारीहरूले गरे यस्तो माग

प्रदेश वा केन्द्रबाट नै तलब दिन शिक्षक–कर्मचारीहरूले गरे यस्तो माग


  • 3.3K
    Shares

    प्रदेश वा केन्द्रबाट नै तलब दिन शिक्षक–कर्मचारीहरूले गरे यस्तो माग

    धनुषाका शिक्षक तथा कर्मचारीहरूले आफूहरूको तलब प्रदेश वा केन्द्रबाट नै प्रदान गर्नुपर्ने माग गरेका छन् ।

    धेरै स्थानीय तहले समयमा नै तलब निकासा नगरेपछि शिक्षकहरूको पेसागत संघसंगठनका अध्यक्षको संयुक्त बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो।

    अध्यक्षहरूको हिजोको बैठकले नगराइन नगरपालिकाले साउनदेखिको शिक्षक कर्मचारीको तलब प्रदान नगरेको हुँदा भोलि शुक्रबार सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

    सो बैठकले विद्यालय बन्द गर्दा पनि स्थानीय सरकारले सुनुवाइ नगरे शिक्षक कर्मचारीले दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

    त्यसैगरी अध्यक्षहरूले क्षिरेश्वर नाथ नगरपालिका, कमला नगरपालिकासंग पुस १५ गते भित्र तलब भत्ता दिने सहमति भएको हुँदा ती नगरपालिकाको पहिलो चरणको आन्दोलन स्थगित गर्ने निर्णय समेत गरेको छ ।

     

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - १५:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij