२०८२ माघ ८ गते बिहिवार
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा चित्त नबुझी पुनर्योगका लागि निवेदन गर्ने उम्मेदवारहरुको नतिजामा कुनै फेरबदल नभएको जनाएको छ ।
विज्ञप्ति अनुसार, "शिक्षक सेवा आयोगबाट मिति २०७९/०८/१० गते देखि २०७९/०८/१८ गते सम्म प्रकाशित निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत)को नतिजा चित्त नबुझी पुनर्योगका लागि निवेदन गर्ने उम्मेदवारहरुको नतिजा पुनर्योग गर्दा साविकको नतिजामा कुनै फेरबदल नभई यथावत रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि आयोगको मिति २०७९/०८/२६ को निर्णयनुसार सूचित गरिन्छ । "

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij