२०८२ माघ १२ गते सोमवार
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा कालिका कन्स्ट्रक्सन प्रा.लि. अन्तर्गतको गोरखा जिल्लास्थित दरौदी खोलामा प्रस्तावित ८.३ मेगावाटको माथिल्लो दरौदी बि साना जलविद्युत आयोजना र ९.८२ मेगावाटको माथिल्लो दरौदी सि साना जलविद्युत आयोजना खरिद गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने २ जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावाहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij