२०८२ माघ १६ गते शुक्रवार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । तर आफू सरकारमा नजाने बताए ।
आगामी सरकारमा तपाईँ सहभागी हुने कि नहुने भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ । सरकारमा अरु साथीहरू जानुहुन्छ । अरूको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन । म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij