Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

शक्ति बाँडफाँटबारे छलफल गर्न आज गठबन्धन बैठक बस्ने तयारी

शक्ति बाँडफाँटबारे छलफल गर्न आज गठबन्धन बैठक बस्ने तयारी


  • 1.6K
    Shares

    शक्ति बाँडफाँटबारे छलफल गर्न आज गठबन्धन बैठक बस्ने तयारी

    चुनावपछिको शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि यस विषयमा छलफलका लागि बैठक राख्ने तयारी भएको हो।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणामलगत्तै बैठक राख्ने तयारी भएको बताएका छन्।

    नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री र स्वतन्त्र सांसद अमेरशकुमार सिंहसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

    'शक्ति बाँडफाँट बारेको प्रस्तावमा अनौपचारिक छलफलका लागि कांग्रेस संसदीय दलको मत परिणामपछि गठबन्धनको बैठक बस्ने तयारी छ,' उनले भनेका छन्।

    बुधबार साँझ नै बैठक बस्न सक्ने प्रचण्डले बताएको एकीकृत समाजवादीकी सचिव झाँक्रीले बताइन्।

    'प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति,सभामुख उपसभामुखमा सवालमा कांग्रेसको निर्वाचन परिणाम लगत्तै बैठक बस्ने कुरा छ। बुधबार साँझ यसमा छलफल हुनसक्छ,' प्रचण्डको भनाइ थियो।

    यसअघि सांसदहरूको शपथ ग्रहणपछि शक्ति बाँडफाँटको छलफल गर्ने गठबन्धनको तयारी थियो। सांसदहरूको शपथ पुस ७ गते तोकिएको छ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका कारण गठबन्धन बैठकमा अनौपचारिक रूपमा छलफल गर्ने तयारी छ।

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - ११:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij