Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

के के सुविधा पाउँछन् सुदूरपश्चिमका प्रदेश सांसदले ?

के के सुविधा पाउँछन् सुदूरपश्चिमका प्रदेश सांसदले ?


  • 5.1K
    Shares

    के के सुविधा पाउँछन् सुदूरपश्चिमका प्रदेश सांसदले ?

    सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ । ५३ सदस्यीय प्रदेशसभाका सांसदको यही पुस ११ गते शपथग्रहण गराउने तयारी सचिवालयको छ ।

    प्रदेश संसद्‌‌ले शपथग्रहण गरेपछि मासिक पारिश्रमिक, भत्तालगायतका सुविधा पाउनेछन् । सुदूरपश्चिम प्रदेशसभाका सांसदहरुले मासिक न्यूनतम ८५ हजार ५०० रुपैयाँ बुझ्नेछन् । 

    प्रदेशसभा सचिवालयका अनुसार मासिक पारिश्रमिक ५६ हजार ५ सय, आवास १७ हजार, धारा/बिजुली २ हजार, पत्रपत्रिका तथा संचार ३ हजार र ७ हजार अतिथि सत्कारमा नियमित सुविधा पाउनेछन् ।

    dsdssds.jpg

    आवास सुविधाबापतको १७ हजार भने प्रदेशसभा भवनदेखि १५ किलोमिटर क्षेत्रमा आफ्नै घर भएकाहरुले नपाउने व्यवस्था छ । तर, पहिलो कार्यकालका धनगढीमै आफ्नो घर भएका केही सांसदहरुले पनि आवास सुविधाबापतको रकम बुझेका थिए । साथै, कार्यकालभरिमा एक पटक एकमुष्ट एक लाख रुपैयाँ फर्निचरका लागि पाउने व्यवस्था छ । आफ्नै घरमा बस्ने सांसदहरुलाई सचिवालयले वार्षिक ३५ हजार मर्मत खर्चबापत उपलब्ध गराउने व्यवस्था छ ।

    सांसदहरुले पनि एक जना नासुस्तरको स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । नियमित सुविधाबाहेक सांसदहरुले प्रदेशसभा बैठक बसेको दिन एक हजार बैठक भत्ता र ५०० यातायात खर्च पनि पाउनेछन् । दैनिक भ्रमण भत्ता पनि उनीहरुका लागि बेग्लै तोकिएको हुन्छ ।

    सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षको संसदीय दलका नेता, सत्तारुढ दलको प्रमुख सचेतक र विषयगत समितिका सभापति, सत्तारुढ र विपक्षी दलको प्रमुख सचेतकले अतिरिक्त सेवा सुविधाहरु पाउने प्रावधान छ ।

    सांसदहरुको मासिक पारिश्रमिक ५६ हजार ५०० रहेकोमा सभामुखको ६४ हजार, उपसभामुख र विपक्षी दलको संसदीय दलका नेताको ५९ हजार ५००, सत्तारुढ दलका प्रमुख सचेतकको ५७ हजार ५०० र विपक्ष दलको प्रमुख सचेतकको ५७ हजार रुपैयाँ तोकिएको छ । त्यसबाहेक उनीहरुले पनि आवास, धारा, बिजुली, सञ्चार, अतिथि सत्कार शीर्षकमा अतिरिक्त सुविधा पाउने व्यवस्था छ । पदाधिकारीहरुले सवारी साधन, स्वकीय सचिवहरु पनि पाउने नियम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १७:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij