Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रचण्डले पठाए चार बुँदे सर्कुलर, कार्यकर्तालाई अश्लील म्यासेज पठाउने नेता बजगाईं निलम्बित

प्रचण्डले पठाए चार बुँदे सर्कुलर, कार्यकर्तालाई अश्लील म्यासेज पठाउने नेता बजगाईं निलम्बित


  • 1.9K
    Shares

    प्रचण्डले पठाए चार बुँदे सर्कुलर, कार्यकर्तालाई अश्लील म्यासेज पठाउने नेता बजगाईं निलम्बित

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर पठाएका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको एक नेताले जानकारी दिए । 

    ती नेताका अनुसार सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय समेत उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको हो ।

    उनले अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ । ‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्री प्रसाद बजगाईंलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’, सर्कुलरमा भनिएको छ । 

    यसबारेमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने पनि पार्टीले अनुशासन आयोगलाई  निर्देशन दिएको छ । पुस ३ गतेको बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो विकसित राजनैतिक घटनाक्रम लगायतका समग्र विषयहरुमा संक्षिप्त रिपोर्टिङ समेत गरेको सर्कुलरमा उल्लेख छ । 

    माओवादीले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरेर पौष मसान्तभित्र अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ । 

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १६:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij