Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र


  • 1.8K
    Shares

    तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

    मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि संयुक्त अरब इमिरेट्‌सका अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, नेपालका लागि संयुक्त गणतन्त्र ताञ्जानियाका कापुफी एमबेगा र नेपालका लागि सर्बियाका सिनिसा पेभिक रहेका छन् ।

    उनीहरुमध्‍ये एकजना नेपालका लागि आवासीय र दुई जना गैर आवासी राजदूतहरु हुन् ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १६:१८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij