२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको दौडबाट पन्छिएका छन् । पार्टीको संसदीय दल नेताको चुनावमा उनले भाग नलिने निधो गरेका हुन् ।
संसदीय दलको चुनावका लागि आज कांग्रेसमा मनोनयन दर्ताको कार्यक्रम छ । पौडेलले मनोनयन नदिने उनीनिकट स्रोतले बतायो ।
आमनिर्वाचन सकिएसँगै पौडेलले भावी प्रधानमन्त्रीका लागि तीव्र आकांक्षा प्रकट गर्दै आएका थिए । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पटक-पटक भेटेर आफ्नो इच्छा व्यक्त गरे । तर, देउवाले ग्रीन सिग्नल नदिएपछि उनले अन्ततः दौड हापेका हुन् । स्रोतका अनुसार पार्टी संसदीय दलको चुनावमा उनले देउवालाई नै समर्थन गर्ने सम्भावना छ ।
नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय पुराना नेतामा पर्छन् तर, उनी अहिलेसम्म पार्टी र सरकारको मुख्य पदमा पुग्न सकेका छैनन् । विगतमा उनी १७ पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा उत्रेका थिए । तर, सफल भएनन् ।
प्रधानमन्त्रीको दौड त्यागिरहँदा पौडेलले आफ्नो वैकल्पिक योजना प्रष्ट पारिसकेका छैनन् । पौडेल अहिले कांग्रेसभित्र न संस्थापन, न इतर समूहभित्र छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij