Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

को बन्दैछ इतरसमूहको उमेदवार ? संसदीय दलको नेता नछाड्ने पक्षमा गगन

को बन्दैछ इतरसमूहको उमेदवार ? संसदीय दलको नेता नछाड्ने पक्षमा गगन


  • 1.7K
    Shares

    को बन्दैछ इतरसमूहको उमेदवार ? संसदीय दलको नेता नछाड्ने पक्षमा गगन

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि संस्थापनइतरबाट गगन थापालाई समर्थन गरिदिन सो समूहका सांसदहरुले शेखर कोइरालालाई दबाब दिएका छन् ।

    छलफलमा रहेका एक सांसदका अनुसार अहिले सांसदहरुको दबाबपछि दुवै नेता आन्तरिक छलफलमा जुटेका छन् ।

    कोइरालानजिकका अर्का सांसदका अनुसार भने दुवै उमेदवार बन्ने सम्भावना अझै पनि उत्तिकै छ । अहिले सो समूहको बैठक काठमाडौंको एक होटलमा बसिरहेको छ ।

    आजै २ बजे मनोनयन दर्ता गर्ने समय तय गरिएकाले केहीबेरमा नै टुंगो लाग्ने बताइएको छ । आजै दलको नेताका लागि उमेदवारी दर्ताको समय रहेको छ । 

    त्यसअघि अहिले लैनचौरको एक पार्टी प्यालेसमा कांग्रेसमा संस्थापनइतर समूहका नेताहरु छलफलमा जुटेका छन् ।

    शेखर कोइराला र गगन थापाले पनि संसदीय दलको नेतामा आकांक्षा राखेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रूपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन् ।

    उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ । तर, बहुमत सभापति देउवा पक्षलाई रहेकाले शेखर–गगनको बैठक बसेको हो ।

    सो बैठकमा शेखरले संसदीय दलको नेताका लागि गगनलाई विगत केही समययता फकाउँदै आएका छन् । तर, गगनले हालसम्म पनि आफूले उक्त दलको नेतामा आफ्नो उम्मेदवारी नछोड्न स्रोतले बताएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - ११:५४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij