Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्छ: प्रधानमन्त्री देउवा

स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्छ: प्रधानमन्त्री देउवा


  • 1.4K
    Shares

    स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्छ: प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।   

    जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने तहबाट स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पूरा गर्नुपर्ने उनको धारणा छ ।

    प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने बताए । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताए । 

    मुलुकको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय तह गम्भीर हुनुपर्नेमा उनको जोड छ । 

    प्रकाशित मिति :पौष ४ २०७९ सोमवार - १३:०१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij