Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

के-के हुन्छ नयाँ संघीय सांसदलाई सेवा सुविधा ?

के-के हुन्छ नयाँ संघीय सांसदलाई सेवा सुविधा ?


  • 1.6K
    Shares

    के-के हुन्छ नयाँ  संघीय सांसदलाई सेवा सुविधा ?

    काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित २ सय ७५ सांसदले शपथग्रहण गरेकै दिनदेखि राज्यबाट सुविधा पाउने भएका छन् । सत्तारूढ दलले शपथग्रहणपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएकाले संसद् सचिवालयले शपथ गराउने तयारी गरिरहेको छ ।

    बैठक ढिलो बसे पनि सांसदहरूले शपथग्रहण गरेदेखि नै सुविधा पाउने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । संसद् बैठकसमेत पुसभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    नयाँ सांसदलाई शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा दाताको सहयोगमा झोला दिने गरिएकामा यसपालि दाता गुहारिएको छैन । सांसदहरूलाई दिने डायरी छुट्टै छापिएको छ ।

    सांसदहरूलाई मासिक अतिथि सत्कार भत्ता पनि दिइनेछ । सांसदले निजी सचिवालयका लागि कर्मचारी सुविधा पनि पाउनेछन् । सांसदको कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचरको एकमुष्ट पैसा उपलब्ध गराउने कानुनी व्यवस्था छ । सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् ।

    काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् । घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ८ हजार रुपैयाँ पाउँछन् । बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ दिइन्छ । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ ।

    सांसद बिरामी परे उपचारसमेत सरकारकै खर्चमा हुनेछ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ । नियमित पारिश्रमिक बाहेक थप रकम चाहिए पेस्की लिने सुविधा हुनेछ । सांसदले आफूले पाउने तलबको बढीमा तीन महिनाको तलबबापतको पेस्की पाउने व्यवस्था छ । बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता दिइन्छ । सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समिति सभापतिले गाडी सुविधा पाउँछन् ।

    के के हुन्छ सांसदलाई सुविधा ?

    मासिक तलब– ६६०७०

    अधिकृतस्तरको १ स्वकीय सचिवको तलब

    विशेष भत्ता– १०००

    टेलिफोन, इन्टरनेट, पत्रपत्रिका– ३०००

    घर नहुनेलाई आवास– १८०००

    घर हुनेलाई मर्मत खर्च– ९०००

    फर्निचर– १५००० एकमुष्ट

    बिजुली, पानी– २०००

    अतिथि सत्कार– १०००

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - १७:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij