Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एकीकृत समाजवादीको कार्यालयमा वामदेवसहितको बैठक

एकीकृत समाजवादीको कार्यालयमा वामदेवसहितको बैठक


  • 1.6K
    Shares

    एकीकृत समाजवादीको कार्यालयमा वामदेवसहितको बैठक

    नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । निर्वाचनमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरुको भागदौड बढेको हो । 

    गठबन्धनको निरन्तरता र नयाँ सरकारको विषयलाई लिएर सत्ता गठबन्धनका शीर्ष तथा दोस्रो तहका नेताहरुले दिनहुँ सामुहिक तथा छुट्टाछुट्टै भेटघाट गरिरहेका छन् । यसैबीच वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका वामदेव गौतमसहित एकीकृत समाजवादीका शीर्ष नेताहरुले गोप्य छलफल गरेका छन् । 

    केही समययता सक्रिय राजनीतिमा नदेखिएका गौतम भेटघाटका लागि भर्खरै समाजवादीको मुख्यालय पुगेका हुन् । अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र गौतमबीच अहिले छलफल चलिरहेको बताइएको छ । 

    गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेस माओवादी र एकीकृत समाजवादीलाई बाहिरै राखेर सरकारको नेतृत्व लिने तयारीमा लागेपछि वाम खेमा पनि छुट्टै रणनीति बनाउन जुटेको हो ।

     

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - १६:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij