Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय


  • 2.5K
    Shares

    आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

    कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो ।

    बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको जानकारी दिए ।

    यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले बताए । 

    यसैगरी सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको महतले जानकारी दिए । 

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - १६:३७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij