२०८२ माघ १६ गते शुक्रवार
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संसद्का महासचिवले लेखेको पत्रकार विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रश्न सोधेपछि संसद्का महासचिव डा. भरतराज गौतमले आइतबार लिखित जवाफ पठाएका छन् ।
सर्वोच्चले अन्तरिम आदेश दिँदै सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशानुसार महासचिव गौतमले जवाफ पठाएका हुन् ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आइतबार जवाफ पठाएको पुष्टि गरे । जवाफमा डा. गौतमले संसद्को कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय भएको जिकिर गर्दै पत्र पठाएको स्रोतले जनाएको छ । साथै, उनले नयाँ संसद्ले पुरानो संसद्को विजनेस ग्रहण गर्न नमिल्ने तर्कसमेत दिएका छन् ।
गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र पठाएपछि चोलेन्द्र सर्वोच्च फर्किने तयारीम लागेका थिए । तर, बार र सर्वोच्च फुलकोर्टको असहयोगले पहिलो दिन रोकिएका उनी अर्को दिन संवैधानिक इजलासले अन्तरिम आदेश दिएपछि निलम्बित अवस्थामै उमेर हदका कारण सेवानिवृत्त भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij