२०८२ माघ ८ गते बिहिवार
सामुदायिक विद्यालयलाई सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार अनुदान कार्यक्रमका लागि आवेदन माग गरिएको छ ।
स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाग्मती प्रदेशभित्रका सामुदायिक विद्यालयलाई अनुदान प्रदान गर्न अनलाइन आवेदन माग गरिएको हो ।
इच्छुक सामुदायिक विद्यालयले सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन या विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार अनुदानमध्ये कुनै एक कार्यक्रमको अनुदान माग गर्दै १५ दिनभित्र आवेदन दिइ सक्नुपर्ने शिक्षा विकास निर्देशनालय बाग्मती प्रदेश हेटौंडाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij