Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आगामी शैक्षिक सत्रदेखि ५, ८ र १० कक्षामा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्रदेखि ५, ८ र १० कक्षामा नयाँ पाठ्यपुस्तक


  • 2.0K
    Shares

    आगामी शैक्षिक सत्रदेखि ५, ८ र १० कक्षामा नयाँ पाठ्यपुस्तक

    आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ ।

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताए ।  

    पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए । 

    कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिन पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले बताए । योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लागु हुनेछन् ।

    सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको थियो । सोही आधारमा हरेक शैक्षिक शत्रका विभिन्न कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दैै आएको छ । आउँदो वर्ष २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा दिनुपर्नेछ । चालू शैक्षिक शत्र २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम हुनेछ । 

    १० को अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यपुस्तक तयार भइरहेका छन् । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइसकेका छन् ।  

    विश्वव्यापी मान्यताअनुसार हरेक ५ वर्षमा नयाँ पाठ्क्रम लागु गर्नुपर्छ । सोही आधारमा सरकारले नयाँ पाठ्यक्रम लागु गर्न लागेको हो । यसअघि भने १३ वर्षपछि पाठ्यक्रम परिवर्तन भएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्रै पाठ्यक्रम परिवर्तन भएको थियो ।  

    राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार शैक्षिक शत्र २०७८० सम्म सबै विषयको नयाँ पाठ्यक्रम लागू गर्ने योजना बनाएको थियो । सोही आधारमा केन्द्रले शैक्षिक शत्र २०७७ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन गरेको थियो । 

    केन्द्रले २०७६ सालमा सातै प्रदेशका २८ वटा विद्यालयमा कक्षा ६ देखि ८ सम्मको नयाँ पाठ्यक्रम परीक्षणको लागि पठाएको थियो । उक्त परीक्षण सफल भएपछि केन्द्रले अन्य कक्षाका पाठ्यक्रम समेत परिवर्तनको प्रक्रिया अगाडि बढाएको थियो ।  

    शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ५ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएका छन् । भने २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुनेछ । 

    नयाँ पाठ्यक्रम तयार भएका पाठ्यपुस्तक छपाइका लागि आफूहरू तयार रहेको जनकशिक्षा केन्द्रले जनाएको छ । केन्द्रबाट पीआरसी उपलब्ध गराएको चार महिनाभित्रमा पाठ्यपुस्तक छापिसक्ने जनक शिक्षाको दाबी छ ।

    प्रकाशित मिति :मंसिर २९ २०७९ बिहिवार - ११:२९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij