Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

हामी यहाँ छौं भन्ने प्रचण्ड-माधवको ब्राण्ड हो भन्दै ओलीले थला पार्ने गरि हाने यस्तो झटारो 

हामी यहाँ छौं भन्ने प्रचण्ड-माधवको ब्राण्ड हो भन्दै ओलीले थला पार्ने गरि हाने यस्तो झटारो 


  • 9.3K
    Shares

    हामी यहाँ छौं भन्ने प्रचण्ड-माधवको ब्राण्ड हो भन्दै ओलीले थला पार्ने गरि हाने यस्तो झटारो 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकले दुस्ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको आलोचना गरेका छन् । उनले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोपसमेत लगाए ।

    किसान महासंघको कार्यक्रममा सम्वोधन गर्दै ओलीले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दुस्ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’

    उनले अगाडि थपे, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडि बस्नुभयो ।’
    ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको टिप्पणी गरे ।

    उनले भने, ‘कार्यकर्ता जति यता छन्, कहाँबाट उता होस ? गाडी रोक को उभिएको भनेर यसो हेर्दा त प्रचण्ड । कहाँ भन्दा फेरि सातदोबाटो । ठाउँमा पनि छानेकै हो । कार्यकर्ता सिद्धिएछन् उहाँहरुका । आफैं ‘हामी यहाँ छौं’ भन्दै यता टाँसो, उता टाँसो । हामी यहाँ छौं भन्ने त उहाँहरुको ब्रान्ड नै भयो । जसले हामी यहाँ छौं भनेर टाँसेका छन् त्यत्ति हुन् उहाँहरूका कार्यकर्ता ।’

    उनले प्रचण्डलाई पहिलेजस्तो संविधान-कानून मान्दिनँ भनेर उपद्रव नमच्चाउन चेतावनी दिए ।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १६:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij