Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इसीडी शिक्षकले बुझाए सांसद लामिछानेलाईयस्तो ज्ञापनपत्र

इसीडी शिक्षकले बुझाए सांसद लामिछानेलाईयस्तो ज्ञापनपत्र


  • 3.5K
    Shares

    इसीडी शिक्षकले बुझाए सांसद लामिछानेलाईयस्तो ज्ञापनपत्र

    चितवन बाट निर्वाचित सांसद रवि लामिछानेलाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षकहरूले आफ्ना माग पूरा गराउन समन्वय गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । प्रारम्भिक बालविकास शिक्षक जिल्ला समिति चितवनले सांसद लामिछानेलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

    इसीडी शिक्षकहरूले लामो समयदेखि न्यूनतलब तथा सेवासुविधामा काम गर्नु परेको उल्लेख गर्दै उनीहरूले अन्य राष्ट्र सेवक कर्मचारीको सरह सेवासुविधाको व्यवस्थाका लागि पहल गरिदिन लामिछानेलाई आग्रह गरे ।

    यसैगरी इसीडी शिक्षकहरूलाई स्थानीय तहबाट पूर्ण रूपमा संघीय सरकारले हेर्ने व्यवस्था गर्न उनीहरूको माग छ । यस्तै एक पटकको लागि उमेरहद नलाग्ने गरी आन्तरिकबाट स्थायी प्रक्रियामा लैजान पनि उनीहरूले माग गरेका छन् ।

    अवकास पाउँदा उपदानको व्यवस्था गर्न, सबै सामुदायिक विद्यालयका बालविकास केन्द्रहरूलाई आधुनिक प्रविधिसहित स्रोतसाधनले सम्पन्न गर्न, सबै शिक्षकले पाउने बिदा सरह प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत शिक्षको बिदाको सुनिश्चितता गर्न माग गरिएको छ । यस्तै दुर्घटना र स्वास्थ्य बिमा लगाएतको व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।

    ज्ञापनपत्र बुझ्दै सांसद लामिछानेले माग पूरा गराउन आफूले उचित भूमिका खेल्ने बताए । 

    1670305164-Zf3E8.jpg

    1670318175-S2fgs.jpg

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १४:३९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij