Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई केन्द्रको निर्देशन

एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई केन्द्रको निर्देशन


  • 2.9K
    Shares

    एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई केन्द्रको निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका क्रियाकलापहरु कार्यान्वयनका लागि निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै भौतिक पूर्वाधार निर्माण र आइसीटी ल्याब निमार्ण कार्यक्रम कार्यान्वयन प्रक्रिया सार्वजनिक गर्दै निर्देशन दिएको हो ।

    विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत दुइ कोठे र चार कोठे भवन निर्माणका लागि, सूचना प्रविधि प्रयोगशाला तथा पुस्तका लायका लागि अनुदान कार्यक्रम अन्तर्गत आइसीटी ल्याब निमार्णको कार्यक्रम प्राप्त गर्ने विद्यालयहरुको विस्तृत विवरण सार्वनजिक भइसकेको जनाएको छ ।

    त्यसैगरी स्थानीय तहले एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी सबै स्थानीय तहलाई बजेट निकासा गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

    केन्द्रले हरेक महिना कार्य प्रगति प्रतिवेदन सम्बन्धित स्थानीय तहमा पेस गर्नु पर्ने र स्थानीय तहले त्रैमासिक रुपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले प्रगति विवरण तयार गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

    हेर्नुहोस सूचना :

    https://www.cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-544470879.pdf

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १४:०३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij