२०८२ माघ १२ गते सोमवार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । यो कम्पनीको कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सूचीकृत भएको छ।
कम्पनी केही समयअघि आफ्ना शेयरधनीहरुलाई बिक्री गरेको हकप्रद नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले शेयरधनीहरुलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गरेको थियो। सूचीकृत सेयर सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।
बरुण हाइड्रोपावरले गत भदौ ६ गतेबाट पहिलो चरणमा १ बराबर १ अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको थियो। सो समय नबिकेको सेयर बोलकबोलमार्फत कात्तिक १४ गतेबाट बिक्री गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij