२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ६६ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गर्नेमा १२ वटा वाणिज्य बैंक, तीन वटा विकास बैंक, एक होटल, सात हाइड्रोपावर कम्पनी, एक इन्भेष्टमेन्ट कम्पनी, पाँच म्यानुफ्याक्चरिङ कम्पनी, एघार मर्चेण्ट बैंक, दुई लघुवित्त कम्पनी रहेका छन् ।
त्यसैगरी, लाभांश घोषणा गर्ने अन्य कम्पनीहरुमा १५ वटा म्युचुअल फण्ड, चार वटा अन्य कम्पनी र पाँच वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।
लाभांश घोषणा गरेका मध्ये कतिपय कम्पनीले साधारणसभाबाट पारित गरि शेयरधनीलाई वितरण गरिसकेका छन् भने केही कम्पनीहरुले साधारणसभा बोलाइसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij