Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचार, कुनमा कति ?

नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचार, कुनमा कति ?


  • 2.5K
    Shares

    नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचार,  कुनमा कति ?

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ ।

    केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, निम्न माध्यमिक तहमा ४२३ र माध्यमिक तहमा ३३२ पद रिक्त रहेको तथा सोमा विज्ञापन गरी पदपूर्ति गरिदिन आयोग समक्ष पत्राचार गरेको छ । हरेक वर्षको असोज मसान्तभित्र यस्तो विवरण आयोगलाई बुझाइसक्नुपर्ने नियम छ । तर केन्द्रले आज सो विवरण बुझाएको केन्द्रको शिक्षक व्यवस्थापन शाखाका एक पदाधिकारीले जानकारी दिए । गत वर्ष करिब १७ हजार पद संख्यामा आवेदन माग गरिएकोमा यसपटक सो संख्या ह्वात्तै घट्ने देखिएको छ । गत वर्ष माध्यमिक तहमा सिफारिस नभएका ३७० जना पनि यसपटकको विज्ञापनमा समेटिने भएको छ ।

    गत वर्ष आयोगले प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा दुई हजार ५९४ र माध्यमिक तहमा एक हजार ५५२ पद संख्यामा आवेदन खुलाएको थियो । त्यसमध्ये हालसम्म माध्यमिक तहमा शिक्षक छनोट गरी सिफारिस गरिसकिएको छ भने निम्न माध्यमिक तहको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । निम्न माध्यमिक तहको नतिजा सकिएपछि प्राथमिक तहको सार्वजनिक गरिने आयोगले जनाएको छ ।

    गत पटक माध्यमिक तहमा करिब ३६ हजारले, निम्न माध्यमिक तहमा करिब ६३ हजारले र प्राथमिक तहमा करिब ६४ हजारले आवेदन दिएका थिए ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - १३:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij