२०८२ माघ १२ गते सोमवार
नेपाल हाइड्रो डेभलपर्सले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.२६३२ प्रतिशत नगद लाभांश लागि दिने निर्णय गरेको हो।
उक्त लाभांश कम्पनीको आगामी १६औं साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको छ।
गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij