२०८२ माघ ८ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९–१२ का विद्यार्थीे छात्रावृत्तिसम्बन्धी बैंक खाता प्रविष्टिका लागि म्याद थपिएको जनाएको छ । ७५३ वटै स्थानीय तहहरूलाई पत्र लेख्दै केन्द्रले यहि मंसिर ३० गतेसम्मका लागि म्याद थपिएको जनाएकाे हाे।
सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरूका लागि विपन्न लक्षित छात्रावृत्ति उपलब्ध गराउने प्रयोजनका लागि बैंक खाता खोली शिक्षा तथा मावन स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा वितरण अद्यावधिक गर्न आह्वान गरिएकोमा कात्तिक मसान्तसम्म छात्रावृत्ति पाउनयोग्य विद्यार्थीको खाता विवरण प्रविष्ट गर्ने क्रम जारी नै रहेको देखिएकोले म्याद थप गरिएको केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij