Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महंगी तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूको माग

महंगी तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूको माग


  • 2.3K
    Shares

    महंगी तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूको माग

    मकवानपुरस्थित थाहा नगरपालिका, बालविकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ताहरू र विद्यालय कर्मचारीहरूलाई महंगी तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन नगरपालिकासँग माग गरेको छ ।

    आज बसेको कार्यसमितिको बैठकले उक्त माग गर्दै नगरपालिकामा निवेदन पेश गरिएको अध्यक्ष दिपा बलले जानकारी दिइन् ।

    ‘बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरू अत्यन्त न्यून तलबमा कार्य गर्दै आएको अवस्थाको जानकारी गराउँदै अन्य शिक्षक एवम् निजामती कर्मचारीहरूको तलब, महंगी भत्तासमेत प्रदान गराउँदै आएको सन्दर्भमा नेपाल सरकारबाट दिइँदै आएको प्रोत्साहन भत्ता समेत कटौती भएकाले थाहा नगरपालिकाभित्रका विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता एवम् विद्यालय कर्मचारीहरूलाई अन्य राष्ट्रसेवक सरह कटौती भएको प्रोत्साह र महंगी भत्ता समेत उपलब्ध गर्न र गराउनका लागि आवश्यक पहल गरी तलबवृद्धि सुनिश्चित गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ,’ अध्यक्ष बलद्वारा हस्ताक्षरित निवेदनमा भनिएको छ । (वेबटिभी खबर)

     

    1669370296-hn1jH.jpg

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १५:४४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij