Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

निम्न माध्यमिक तहको नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा शिक्षक सेवा आयोग

निम्न माध्यमिक तहको नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा शिक्षक सेवा आयोग


  • 10.0K
    Shares

    निम्न माध्यमिक तहको नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा शिक्षक सेवा आयोग

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको जनाएको छ । आयोगले प्राविधिक कठिनाइ नआए यही हप्ताबाट नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको हो ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले कुनै प्राविधिक कठिनाइ नआए यही हप्ताबाट नतिजा प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए । उनले भने “कुनै प्राविधिक कठिनाइ नआए आयोगले याही हप्ताबाट निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी थालेको छ । यदी कुनै कठिनाइका कारण यो हप्ता नतिजा नआए अर्को हप्ताबाट नतिजा प्रकाशन हुन्छ ।”

    आयोगले २०७८ पुसमा विज्ञापन गरेको थियो भने करीब २१ हजार उम्मेदवार परीक्षामा सहभागी भएका थिए । त्यसैगरी निम्न माध्यमिक तहको नतिजा प्रकाशन पश्चात मात्र प्राविको नतिजा प्रकाशनको तयारी थाल्ने जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १७:०५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij