२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयहरूको विवरण पठाउन ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरेको छ । शाखा अधिकृत पद्मा शर्माका अनुसार गत कात्तिक २५ गते पत्राचार गरिएको हो ।
देशभर सञ्चालन भएका नमुना विद्यालयहरूको विवरण अद्यावधिक गर्न र अनुदान प्रणालीलाई व्यवस्थित गर्ने प्रयोजनका लागि संघीय सरकारबाट नमुना विकासका लागि छनोट भएका ४२२ विद्यालयहरू बाहेक स्थानीय सरकारको स्रोतबाट हालसम्म नमुना विद्यालय विकास गर्नका लागि भनि छनोट भएका विद्यालयहरूको विवरण पठाउन उक्त शाखाले निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij