२०८२ भाद्र ३ गते मंगलवार
नेपाल विद्यालय कर्मचारी परिषद्ले यहि मंसिर २३ र २४ गते राष्ट्रिय समिति बैठक तथा भेलाको आह्वान गरेको छ । परिषद्को गत कात्तिक ११ गते बसेको भर्चुअल बैठकको निर्णय अनुसार गण्डकी प्रदेशस्थित कास्की जिल्लाको पोखरामा भेलाको आह्वान गरिएकाे हो ।
परिषद्का राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक पत्र मार्फत् ७ वटै प्रदेश कार्यसमिति र ७७ वटै जिल्ला कार्यसमितिलाई बैठक तथा भेलाको जानकारी गराएका छन् । परिषद् भेलाको अघिल्लो दिन २२ गते विहान ११ बजे राष्ट्रिय समितिको बैठक पनि बस्ने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij