Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आफ्नो खेदो खने पछि राष्ट्रपतिकी छोरीको रामकुमारी झाँक्रीले यसरी झारिन् झाँको 

आफ्नो खेदो खने पछि राष्ट्रपतिकी छोरीको रामकुमारी झाँक्रीले यसरी झारिन् झाँको 


  • 160.6K
    Shares

    आफ्नो खेदो खने पछि राष्ट्रपतिकी छोरीको रामकुमारी झाँक्रीले यसरी झारिन् झाँको 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाक्रीले जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोज्नु डरलाग्दो अवसरवाद भएको बताएकी छिन् । 

    सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले भनेकी छिन् "लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।"

    उनको स्टाटस यस्तो छ

    हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरको लागि लडेका थियौं। सपना थियो- जनताको सुख र समृद्धि । त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो र आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौं- क्रान्ति गर्यौ यो व्यवस्था ल्यायौं।

    तर यो व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो रु त्यसको विरूद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म।

    लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।

    जवानी र विधवाको सवाल होइन यो। त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ? अझै पनि भावनाको कुरा गरेर फाइदा लिनेरु

    बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला हामी हजारौं-लाखौंको सपनाका लागि लड्दै थियौं। आमा-बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो ?

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १६:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij