Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने


  • 2.2K
    Shares

    उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालय मध्येबाट एसइईमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने एकजना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो । 

    गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसइईका उत्कृष्ट एकजना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएका हुन् । गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्था सहित छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ ।यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एकवटा आवासीय विद्यालय सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने घोषणा गरिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । शुभम् फाउण्डेसनले विद्यार्थीलाई ‘गरि खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘दिप्रुङ चुईचुम्माको आव्हान, गुणस्तरीय शिक्षाको अभियान’ भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । हाजिरी जवाफ, निबन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ । 

     

     
     

    प्रकाशित मिति :भाद्र २४ २०७९ शुक्रवार - १०:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij