२०८२ माघ १२ गते सोमवार
नेपाल राष्ट्र बैंकले १ हजार दरका नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले १ हजार दरका बोलपत्र आह्वान गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ हजार दरका कुल ४३० मिलियन (४३ करोड) वटा नोट छाप्ने प्रक्रिया बढाएको छ।
बोलपत्रको सूचना प्रकाशन भएको मितिले ४६ औँ दिन दिउँसो १२ बजेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । प्रस्ताव पेस गर्ने कम्पनीहरुले ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।
राष्ट्र बैंकले यसअघि छनौट गरिसकेको १० वटा अन्तर्राष्ट्रिय कम्पनीले मात्र यस बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्। गत वर्ष नै राष्ट्र बैंकले नोट छाप्नका लागि निवेदन पेस गरेकामध्ये १० वटा कम्पनीलाई योग्य रहेको भन्दै छनौट गरी सूची सार्वजनिक गरेको थियो। जसमा भारत, चीन, स्विट्जरल्यान्ड, कोरिया, रसिया, यूके, जर्मनी, फ्रान्स, ब्राजिल र स्विडेनका कम्पनीहरु छन्।
अब ती १० कम्पनीमध्ये सबैभन्दा कम मूल्य नोट छाप्न बोलकबोल गर्ने कम्पनीलाई राष्ट्र बैंकले १ हजार दरका नोट छाप्ने जिम्मा दिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij