Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एक बर्षमा निजी क्षेत्रमा कर्जा प्रवाह १३.१ प्रतिशतले बढ्यो, कुन शीर्षकमा कति ?

एक बर्षमा निजी क्षेत्रमा कर्जा प्रवाह १३.१ प्रतिशतले बढ्यो, कुन शीर्षकमा कति ?


  • 1.8K
    Shares

    एक बर्षमा निजी क्षेत्रमा कर्जा प्रवाह १३.१ प्रतिशतले बढ्यो, कुन शीर्षकमा कति ?

    गत आर्थिक बर्ष २०७८/७९ असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई दिने कर्जा १३.१ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । 

    असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । 

    बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ६३.६ प्रतिशत र ३६.४ प्रतिशत रहेको थियो । 

    त्यस्तै, निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १२.७ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह १३.९ प्रतिशतले र वित्त कम्पनीहरूको २९.८ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । 

    असारसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो । 

    एक बर्षमा बैङ्क तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले बढेको देखिएको छ । 

    यसैगरी यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ । 

    असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । 
    त्यस्तै, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजीकर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको छ । 

    गत आर्थिक बर्षमा कुल आन्तरिक कर्जा १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा २७.१ प्रतिशतले बढेको थियो । 
    असार मसान्तसम्म मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी २६.३ प्रतिशतले बढेको थियो । 

    १११ अर्ब ९६ रुपैयाँ सहुलियत कर्जा लगानी 

    राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ असार मसान्तमा १११ अर्ब ९६ करोड रुपैयाँ लगानीमा रहेको छ ।
    असार मसान्त सम्ममा १ लाख ४७ हजार ३९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २१३ अर्ब ८९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ । 

    यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ५४५ ऋणीलाई प्रवाह भएको १३९ अर्ब २३ करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८४ हजार १ महिला उद्यमीलाई प्रवाह भएको ७१ अर्ब रुपैयाँ कर्जा रहेको छ । 

    सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८४७ ऋणीको ३ अर्ब ६६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ असार मसान्तसम्ममा ९७ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको राष्ट्र बैङ्कले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७९ आइतवार - १२:१८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij