२०८२ माघ ७ गते बुधवार
कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्।
त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन्। जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बाेर्डले याे पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेकाे हाे । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थि फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij