Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सेयर बजारमा ३३.३६ अंकको गिरावट, नेप्से परिसूचक १९ सयको विन्दुमा झर्‍यो

सेयर बजारमा ३३.३६ अंकको गिरावट, नेप्से परिसूचक १९ सयको विन्दुमा झर्‍यो


  • 2.6K
    Shares

    सेयर बजारमा ३३.३६ अंकको गिरावट, नेप्से परिसूचक १९ सयको विन्दुमा झर्‍यो

    सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको थियो।

    आज २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३ ७ हजार १०३ रुपैयाँमा खरिदबिक्री भयो।

    आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबारमा आएका १३ वटा समूहमध्ये १२ को सूचक घटेको छ भने १ को मात्र बढेको हो।

    यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ३.७४ र हाइड्रो पावरको समूहको ३.४२ प्रतिशतले सूचक घट्यो।

    यस्तै होटल एन्ड टुरिजम, डेभलपमेन्ट बैंक,नन लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स र इन्भेस्टमेन्ट समूहको सूचक २ प्रतिशत बढिले घट्यो।

    १२ समूह सूचक घटेको सेयर बजारमा म्युचुअल फन्डको ०.५३ प्रतिशतले सूचक बढयो। रुरु जलविधुतको परियोजनाको सेयर मूल्य १० प्रतिशतले घट्यो।

    अरुण कावेली पावरको १० करोड बराबरको  सेयर कारोबार गरी पहिलो स्थानमा रह्यो। यस्तै शिवम् सिमेन्ट  ७ करोड मूल्य बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्ययो।

    प्रकाशित मिति :भाद्र १२ २०७९ आइतवार - १४:५१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij