Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्‍यो यस्तो पुस्तिका

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्‍यो यस्तो पुस्तिका


  • 3.4K
    Shares

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्‍यो यस्तो पुस्तिका

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९–८० सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हिजोको मन्त्रीस्तरबाट स्वीकृत भइ प्रदेश र स्थानीय तहमा सर्सत अनुदान एवम् शिक्षा विकास तथा समन्वय इकाइमा कार्यन्वयन हुने बार्षिक कार्यक्रमसहित पुस्तिका सार्वजनिक गरिएको हो ।

    सरकारको चालु आवको नीति तथा कार्यक्रम्, बजेट तथा आवधिक योजनालाई कार्यान्वयनमा एकरुपता कायम गर्न कार्यान्यन पुस्तिका सार्वजनिक गरेको हो । स्थानीय एवम् प्रदेश तहमा शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू कार्यान्वयनका लागि ससर्त अनुदानका रूपमा बजेट हस्तान्तरण भएको छ ।

    प्रदेश एवम् स्थानीय तहमा कार्यक्रम कार्यान्वयनमा एकरूपता र प्रभावकारिता कायम गर्न, स्थानीय तहमा हस्तान्तरण भएको ससर्त अनुदानलाई तोकिएको लक्ष्य प्राप्त गर्ने गरी परिचालन गर्न, तोकिएको शीर्षक तथा क्रियाकलापमा खर्च गर्ने वातावारण सुनिश्चित गर्न यो पुस्तिाका सार्वजनिक गरेको हो ।

    स्रोतको अधिकतम उपयोगका लागि सहजीकरण गर्न, आर्थिक अनुशासन कायम गरी तोकिएका शीर्षकहरूमा नियमानुसार खर्च गर्न, स्वीकृत कार्यक्रमका अवधारणा, उद्देश्य, प्रक्रिया तथा रणनीतिहरूका सम्बन्धमा प्रदेश र स्थानीय तह तथा विद्यालय तहसम्मका सबै सरोकारवालाहरूलाई परिचित गराई कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सघाउ पुऱ्याउन यो पुस्तिका तयार गरिएको छ ।

    विद्यालय शिक्षा क्षेत्र योजनाका लागि प्राप्त हुने वैदेशिक सहायता पनि नतिजामा आधारित रहेकाले तोकिएको नतिजामा आधारित सूचक प्राप्तिको सुनिश्चितता र कार्यक्रमको नतिजा ढाँचा प्राप्तिको सुनिश्चितताका लागि यस पुस्तिकाले सहयोग पुर्याउने केन्द्रले विश्वास लिएको छ ।

    प्रदेश, स्थानीय तह र इकाइ एवम् विद्यालयस्तरमा सञ्चालन हुने शैक्षिक कार्यक्रम कार्यान्वयनमा समन्वय र सहकार्यलाई सुदृढीकरण गरी शैक्षिक सेवा प्रवाह प्रभावकारी बनाउन सरोकारवालाहरूलाई सुसूचित गर्नु, विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गतका स्वीकृत कार्यक्रम कार्यान्वयनबाट बालबालिकामा न्यूनतम सिकाइ सुनिश्चित गरी समग्र विद्यालय शिक्षाको पहुँच, गुणस्तर तथा सान्दर्भिकता अभिवृद्धि गर्न सहजीकरण गर्नु प्रदेश तथा स्थानीय तह र इकाइबाट सञ्चालन हुने विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा एकरूपता कायम गरी प्रभावकारी शैक्षिक व्यवस्थापन गर्न मदत पुऱ्याउन केन्द्रले यो पुस्तिका सार्वजनिक गरेको हो ।

    प्रकाशित मिति :श्रावण १९ २०७९ बिहिवार - १४:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij