२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चाटर्ड बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई जरिवाना गरेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा दुई बैंकलाई नियामकीय निर्देशन उल्लंघन गरेपछि नगद जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।
दुवै बैंकले राष्ट्र बैंकले तोकेअनुसारको अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगर्दा जरिवाना गरीएको राष्ट्र बैंकले जनाएको छ ।
स्ट्यान्डर्ड चाटर्ड बैैंकलाई ६३ हजार ५९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८८१ रुपैयाँ १७ पैसा नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् विवरण:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij