२०८२ माघ ११ गते आइतवार
सिटिजन्स बैंक इन्टरनेसनलले रुपन्देहीस्थित रा.जी.क्लिनिकमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा।जी।क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् ।
यस्तै ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट दिइनेछ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् ।
दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij