Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राष्ट्र बैंकले हटायो कोरोनाकालमा दिइएका वित्तीय सहुलियत, सेयर धितो कर्जामा बैंकलाई कडाइ

राष्ट्र बैंकले हटायो कोरोनाकालमा दिइएका वित्तीय सहुलियत, सेयर धितो कर्जामा बैंकलाई कडाइ


  • 2.3K
    Shares

    • images
    राष्ट्र बैंकले हटायो कोरोनाकालमा दिइएका वित्तीय सहुलियत, सेयर धितो कर्जामा बैंकलाई कडाइ
    images

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी गरेको छ। सर्कुलरअनुसार कोराना कालमा दिएको धेरै सुविधाहरु हटाइएको छ। 

    कोरोना कालमा दिएको कर्जासम्बन्धी सुविधा नेपाल राष्ट्र बैंकले हटाउने निर्णय गरेको हो। कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याजरशुल्करहर्जानारब्याजको ब्याज नलिई हुने समय थप हुने व्यवस्था हटाएको हो। 

    किस्ता तिर्ने समय, त्यसको पुनर्संरचना, पुनर्तालिकीकरण हुने अवधि थपसम्बन्धी व्यवस्था समेत हटाएको हो। मार्जिन प्रकृतिको सेयर धितो कर्जामा परिवर्तन भएको व्यवस्था कार्यान्वयनको लागि बैंकहरुलाई कडाइ गरेको छ। 

    एउटा बैंकबाट ४ करोड र समग्र बैंकबाट १२ करोड रुपैयाँ लिन पाउने व्यवस्थामा यो वर्ष १२ करोड रुपैयाँ लिन जतिवटा बैंक उपयोग गरे पनि हुने व्यवस्था छ। आज राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको एकीन गरेर मात्र कर्जा प्रवाहरनवीकरण गर्नुपर्ने उल्लेख गरेको छ। 

    तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

    प्रकाशित मिति :श्रावण १८ २०७९ बुधवार - १२:३६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij