Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यही साता कक्षा १२ को नतिजा सार्वजनिक

यही साता कक्षा १२ को नतिजा सार्वजनिक


  • 9.3K
    Shares

    यही साता कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं । कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए । कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

    वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो । नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए । 

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १५:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij