२०८२ भाद्र ४ गते बुधवार
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयले विश्वविद्यालय अन्तर्गतका सबै कार्यरत पदाधिकारी, शिक्षक, कर्मचारीको सम्पति विवरण पेश गर्न निर्देशन दिएको छ । विश्वविद्यालयका मातहतका क्याम्पस, कार्यालयहरुमा कार्यरत अस्थायी,स्थायी,आंशिक पदाधिकारी, शिक्षक, कर्मचारीको सम्पति विवरण पेश गर्न निर्देशन दिएको हो ।
आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने भएकोले अनलाईन सफ्टवेर मार्फत विवरण बुझाउन निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालय बाहेकका कार्यालय क्याम्पस, विभागहरुले पदाधिकारी, शिक्षक, कर्मचारीको सम्पति विवरण लाहाछाप गरी कार्यलयमा बुझिलिएको विवरण अनलाइनमा भदौ २० गते भित्र भरी सक्न र सो को जानकारी कर्मचारी प्रशासन महाशाखामा उपलब्ध गराउन आग्रह गरेको छ ।
त्यसैगरी भदौं २० गतेदेखि २९ गतेसम्म कसैले विवरण बुझाउन ल्याएमा बुझिलिइ सोहि दिन नै अनलाइन मार्फत प्रविष्ट गर्न विश्वविद्यालयका मातहतका क्याम्पस, कार्यालयहरुमा कार्यरत कर्मचारीलाई निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij