Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 1.8K
    Shares

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

     आज पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो। बिहीबार पनि सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ नै बढेको थियो।

    बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।  

    शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :श्रावण १३ २०७९ शुक्रवार - १०:३९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij