Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

महिलाको रकम लुटेर फरार दुई युवक रकमसहित पक्राउ

महिलाको रकम लुटेर फरार दुई युवक रकमसहित पक्राउ


  • 1.9K
    Shares

    महिलाको रकम लुटेर फरार दुई युवक रकमसहित पक्राउ

    महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ निवासी २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय  दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ ।

    सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमान्ले पठाएको रु दुई लाख जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर प्लाष्टिकको झोलामा रकम र मोबाइल बोकी आउँदै गर्दा  लुटेर उनीहरु फरार भएका थिए ।

    घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक  वसन्त रजौरेले जानकारी दिनुभयो ।

    पक्राउ परेका जितेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार तथा दीपेन्द्रको साथबाट रु ७८ हजार बरामद भएको उहाँले बताउनुभयो । 

    प्रकाशित मिति :श्रावण १२ २०७९ बिहिवार - १३:४४:३७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij