Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

यस्ता छन् इसीडी शिक्षकका मागहरू !

यस्ता छन् इसीडी शिक्षकका मागहरू !


  • 2.5K
    Shares

    यस्ता छन् इसीडी शिक्षकका मागहरू !

    प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले स्थानीय सरकारलाई मागपत्र बुझाउन थालेका छन् । आर्थिक वर्ष २०८९/८० को बजेटमा आफ्ना कुनै पनि माग सम्बोधन नभएपछि उनीहरूले स्थानीय सरकारलाई मागपत्र बुझाउ थालेका हुन् । 

    यस्ता छन् माग

    - गाउँपालिका/नगरपालिकाभित्र सञ्चालित बालविकास केन्द्रहरूको निम्ति शैक्षिक तथा खेल सामग्रीको व्यवस्था गरियोस् ।

    - बाल केन्द्रमा कार्यरत बाल शिक्षकहरूलाई पुनःताजगी तालिमको शीघ्र व्यवस्था गरियोस् ।

    - नगर भरिका सरकारी सामुदायिक बालविकास केन्द्रमा कार्यरत बाल शिक्षकहरूको निम्ति प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् ।

    - नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा उल्लेख भए बमोजिम स्थानीय तहले व्यहोर्नु पर्ने ७ हजार रूपैयाँ निःशर्त उपलब्ध गराई आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भए अनुसार अन्य सरकारी राष्ट्रसेवक सरह १५ प्रतिशत तलबभत्ता वृद्धि गरी पारिश्रमिक उपलब्ध गराइयोस् । 

    - संघीय सरकारबाटै हामीलाई तलब उपलब्ध गराइयोस् ।

    - कतिपय बालविकास सहजकर्ताको अवकाशको समय पनि आएको छ । उहाँहरूलाई ‘गोल्डेन ह्याण्डसेक’को व्यवस्था गरियोस् ।  

    - बालविकास शिक्षकलाई दरबन्दीमा लगेर प्राथमिक तह सरहको सेवासुविधा दिइयोस् ।  

    - हामी बालविकास केन्द्रका शिक्षक (स.का.) वर्षौंदेखि राष्ट्रको सेवा गर्दै आएका छौं । र, यसरी नै सेवा गर्ने छौं तथापी हामीलाई उचित न्याय दिलाउन सरकार समक्ष माग गर्दछौं । (वेबटिभी खबर)

     

     

     

     

     

    प्रकाशित मिति :श्रावण १२ २०७९ बिहिवार - १२:५८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij